नियम ९३
अशक्त वृत्ति
(१) कुनै कर्मचारी सरकारी कामको सिलसिलामा दुर्घटनामा परी अंगभंग
भएको वा चोटपटक लागेको कारणले शारीरिक वा मानसिक रूपमा सरकारी सेवाको
लागि अशक्त भएमा त्यस्तो कर्मचारीले निजको जीविकाको निमित्त बाँचुन्जेलसम्म अशक्त
वृत्तिको रूपमा उपनियम (२) मा लेखिए बमोजिमको निवृत्तभरण सहित उपनियम (३) मा
लेखिए बमोजिमको अशक्त भत्ता पाउनेछ ।
(२) उपनियम (१) बमोजिम अशक्त भएको कर्मचारीको सेवा अवधि निवृत्तभरण
पाउने अवस्थामा पुगेको भए निजले तत्काल खाइपाई आएको (कायम मुकायम भै काम
गरेको वा नियम ४३ बमोजिम निमित्त भै काम गरेको भए सोको समेत) तलबले ऐनको
दफा ४८ बमोजिम हिसाब गरी हुन आउने रकम बराबर अशक्त निवृत्तभरण पाउनेछ ।
त्यस्तो अशक्त भएको कर्मचारीको सेवा अवधि निवृत्तभरण पाउने अवस्थामा पुगेको नभए
ऐन बमोजिम निवृत्तभरण पाउने वर्ष पुर्याउन नपुग प्रत्येक पूरा वा चानचून वर्षको
निमित्त दामासाहीबाट रकम कट्टी गरी बाँकी हुन आउने रकम निवृत्तभरण वापत पाउनेछ।
यसरी कट्टी गर्दा एक तिहाईभन्दा बढी रकम कट्टी गरिने छैन ।
(३) उपनियम (१) बमोजिम अशक्त भएको कर्मचारीलाई चोटपटकको अवस्था
हेरि आर्थिक सहायता बापत पच्चीस हजार रूपैयाँसम्मको रकम दिन सकिनेछ । यसरी
आर्थिक सहायता नदिएको अवस्थामा निज तत्काल बहाल रहेको उच्चतम पदको (कायम
मुकायम गरेको वा नियम ४३ बमोजिम निमित्त भई काम गरेको भए सो पदको समेत)
अन्तिम स्केलको हिसाबले उपनियम (२) बमोजिम अशक्त निवृत्तभरण पाउनेछ ।
(४) उपनियम (१) बमोजिम चोटपटक लाग्न गई उपचार गराउँदा लाग्ने उपचार
खर्चको शत प्रतिशत रकम सम्बन्धित कर्मचारीले पाउनेछ । यस्तो उपचार खर्च पाएको
कारणले त्यस्तो कर्मचारीले पछि बिरामी हुँदा नियम ९१ को उपनियम (१) बमोजिम
पाउन सक्ने उपचार खर्च पाउनमा कुनै बाधा पु¥याएको मानिने छैन ।
(५) कर्मचारीले अशक्तता बापत उपनियम (२) बमोजिम पाउने अशक्त
निवृत्तभरणको अतिरिक्त थप पाउने मासिक अशक्त भत्ताको रकम निजले खाइपाइ आएको
तलबको बीस प्रतिशत बराबर हुनेछ ।
स्पष्टीकरण : अशक्त वृत्ति पाएका वा पाउने ठहरिएका कर्मचारीले पछि कुनै सेवामा पुन
प्रवेश पाएमा निजले यो नियममा लेखिएको अशक्त वृत्ति पाउने छैन । तर खाइपाई
सकेको अशक्त वृत्ति वा अतिरिक्त आर्थिक सहायता रकम भने फिर्ता गर्नु पर्ने छैन ।
(६) अशक्त वृत्ति पाउने ठहरिएको वा पाइरहेको कुनै कर्मचारीको मृत्यु सो अशक्त
वृत्ति पाउन शुरु भएको मितिले सात वर्षभित्र भएमा सो सात वर्ष पूरा हुन बाँकी अवधि
वापत पाउने अशक्त वृत्ति अनुदानको रूपमा एकमुष्ट रकम त्यस्तो कर्मचारीको
परिवारको सदस्यमध्ये नेपाल सरकारले उचित ठहर्याएको व्यक्तिलाई दिइनेछ ।
(७) कुनै कर्मचारीले जानाजान आÇनै गम्भीर लापरवाहीले गर्दा अंगभंग भएको
वा चोट पटक लागेको कारणले अशक्त भएकोमा भने यस नियम बमोजिमको सुविधा
पाउने छैन ।